कैलालीमा बाघको छाला सहित दुईजना पक्राउ

धनगढी । क्षेत्रीय अनुसन्धान ब्युरो (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले बाघको छाला सहित दुईजनालाई पक्राउ गरेको छ ।

कैलालीको गौरिगंगा नगरपालिका ७ मटकौना स्थित सिंगासन सामुदायिक वन छेउबाट बिक्रीका लागि आउदै गरेका मोहन्याल गाउपालिका ५ बस्ने ५२ बर्षिय पुर्ण बहादुर बुढामगर र निजकै ज्वाइँ नाता पर्ने लम्किचुहा नगरपालिका १ बस्ने ३० बर्षिय लोकेश सिजापतीलाई १० फिट १ इन्च लामो बेंगोल टाइगर (पाटे बाघ) छाला सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतीक बिष्टले बताए ।


३० असार २०७८, बुधवार ०९:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु