punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट बैतडीमा थप एक जनाको मृत्यु

Chaupati
safha napa

बैतडी । कोरोना संक्रमणबाट बैतडीमा थप एक जनाको मृत्यु भएको छ। यो सँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ। जिल्ला अस्पतालमा उपचाररत दशरथचन्द नगरपालिका–५ का ८२ वर्षीय वृद्धको मंगलबार बिहान मृत्यु भएको अस्पतालका प्रमुख डा। वसन्तराज जोशीले जानकारी दिए। ती वृद्धमा गत जेठ २६ मा संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालमा उपचार भइरहेको थियो।

जिल्ला अस्पतालमा अहिले कोरोनाका बिरामीको संख्या शून्य रहेको छ। अहिले जिल्लामा दैनिक संक्रमणदर घट्दै गएकाले सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ। अहिले ६८ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका सिआइसिटी सहजकर्ता बिनिता चौधरीले जानकारी दिइन्।

सक्रिय संक्रमितमध्ये दशरथचन्द नगरपालिकामा १७, सुर्नया गाउँपालिकामा १४, दोगडाकेदार गाउँपालिकामा ११, पाटन नगरपालिकामा ११ र मेलौली नगरपालिकामा ६ जना रहेका छन्। यस्तै, पञ्चेश्वर गाउँपालिकामा चार, शिवनाथ गाउँपालिकामा दुई, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन्।


८ असार २०७८, मंगलवार १२:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु