पार्टी अनुशासन उल्लंघन गरेका माओवादीका १४ जनप्रतिनिधिको पद चैट
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै देशभरका १४ जना जनप्रतिनिधिलाई पदमुक्त हुनेगरी कारबाही गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय कमिटि बैठकबाट यो निर्णय भएको केन्द्रीय सदस्य सुदन किरातीले जानकारी दिए । पदमुक्त हुनेमा रौतहटका प्रमुख र उपप्रमुख गरी ७ जना जनप्रतिनिधि छन् । त्यस्तै कैलालीका ४, सिराहाका १ र ओखल्ढंगाका १ र कैलालीका १ जना जनप्रतिनिधिको पनि पदमुक्त भएका छन् ।
७ असार २०७८, सोमवार ११:११ बजे प्रकाशित





























