punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दलित भएकै कारण एक युवतीलाई कोठा नदिएको आरोपमा घरबेटी पक्राउ

Chaupati
safha napa

तल्लो जात भनेर एक युवतीलाई कोठा भाडामा नदिएको आरोपमा काठमाडौँ बबरमहलकी एक घरबेटी पक्राउ परेकी छन् ।

काठमाडौँ बबरमहल निवास सरस्वती प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध २४ वर्षीया पत्रकार रुपा सुनारले गत बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएकी थिइन् ।

सोही वृत्तबाट गएको प्रहरीले ५८ वर्षीया प्रधानलाई पक्राउ गरेको डीएसपी रमेश बस्नेतले बताए । उनीसँग अहिले प्रहरीले सोधपुछ गरिरहेको छ ।

प्रहरीले घरबेटी प्रधानविरुद्ध गत शुक्रबार जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ । प्रधानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिइएको छ ।

रुपाका अनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन् । दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छन् ।


६ असार २०७८, आइतवार १५:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु