punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अस्मिता मृत्यु प्रकरण : अनुसन्धानका लागि प्रदेश प्रहरीबाट टोली परिचालन

Chaupati
safha napa

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाका महिला स्वास्थ्य कर्मचारी अस्मिता धामी मृत्युको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयले दुई वटा टोली परीचालन गरेको छ। शनिबार जिल्लाको परशुराम नगरपालिका—८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी मृत भेटिएकि थिइन्।

घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले जानकारी दिए।

‘घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोली खटाइएको हो। दुवै टोली डडेल्धुरातर्फ गएका छन्,’ थापाले भने।

उनले धामी मृत अवस्थामा भेटिएकोले हत्या भएको हो वा होइन भनेर अहिले नै भन्न नसकिने बताए। शव पोष्टमार्टम गरेपछि मृत्युको रहस्य बाहिर आउँने उनको भनाइ छ। उनले भने, ‘शरिर बाहिर चोटपटक देखिएको छैन। भित्र के छ भन्ने कुरा पोष्टमार्टम रिपोर्ट पछि थाहा हुन्छ।’

धामी परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा मृत फेला परेकि थिइन्। उनको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले जिकिर गरेका छन्। परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य ईकाइ केन्द्रमा धामी कार्यरत रहेको बताइएको छ।

उनको शनिबार चारदिन पछि हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको वचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव वनमा फेला परेको हो। उनको शरिरभरी ठुल–ठुला निलडाम रहेका घटना स्थलमा पुगेका स्थानीयले जानकारी दिएका छन्।


६ असार २०७८, आइतवार १३:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु