punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोमा परी डोटीमा दुई जनाको मृत्यु

Chaupati
safha napa

डोटीमा पहिरोमा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ चिसापानी नजिकै ब्राखा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको माथिबाट आएको पहिरोले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका-५ का ७ वर्षीय बालक बिनोद भण्डारी र मामाघरमा गएकी वडा नं. ७ राँतुलीकी ऐश्वर्या बिष्टकी ११ वर्षीया छोरी जेनिषा विष्टको रहेको प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । बाख्रा चराउन गएका उनीहरू पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएर उनीहरूको मृत्यु भएको उनले बताए ।


४ असार २०७८, शुक्रवार १०:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु