punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध, यातायात ठप्प

Chaupati
safha napa

धनगढी । लगातारको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न ठाउँका सडक खण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । डोटीको भीमदत्त राजमार्ग, बझाङको जयपृथ्वी राजमार्ग, साँफेबगर-मार्तडी र बाजुराकै मार्तडी-कोल्टी सडक खण्ड अवरुद्ध भएको छ ।

डोटीको जोरायल गाउँपालिका-१ गैरा नजिक भीमदत्त राजमार्ग अवरुद्ध हुँदा सात पहाडी जिल्लाको यातायात सम्पर्क रोकिएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दजर्नौं सवारी साधन बीच बाटोमै रोकिएको प्रहरी चौकी गैराले जनाएको छ । अहिले डोजरले पहिरो पन्छाउने काम गरिरहेको छ ।

यस्तै, बझाङमा जयपृथ्वी राजमार्ग अन्तर्गत ढोल्यामोडबाट करिब ५ सय मिटर अगाडि पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सडकमा पहिरो खसेपछि खाद्यान्न सामग्री बोकेका सवारीहरु रोकिएका छन्।

पानी परिरहेकाले सडक खुलाउन पनि अप्ठेरो भइरहेको प्रहरीले जनाएको छ । वर्षातको समयमा पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ।

यस्तै, सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा बाजुरा जाने मुख्य राजमार्ग साँफे-मार्तडी सडकखण्ड अवरुद्ध बनेको छ । साँफे-मार्तडी सडकखण्ड अवरुद्ध हुँदा तराईबाट दैनिक उपभोग्यका साम्रगी लगेर गएका सवारी साधन रोकिएका छन् ।

पहिरो गएको दुवैतर्फ डोजर लगाएर अवरोध खुलाउने कार्य भइरहेको छ । तर लगातारको वर्षाका कारण सडक खुलाउन समस्या भइरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

यस्तै जिल्लाकै मार्तडी-कोल्टी सडक शनिबारबाटै अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा आवत जावतमा समस्या भइरहेको अवरुद्ध भएको प्रशासनले जनाएको छ ।


१ असार २०७८, मंगलवार १३:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु