Hotel Flora Long Ad

आज ३३ सय संक्रमित थपिए, ६१ जनाको मृत्यु

काठमाडौँ । आज देशभर तीन हजार ३८४ कोरोनाभाइरस संक्रमित थपिएका छन् भने ६१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४९४ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ३८४ जनामा संक्रमण पुष्टि भएको हो। शुक्रबार १५ हजार १८२ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ७५० जनामा संक्रमण देखिएको थियो।

त्यस्तै, कोरोनाबाट ६१ जनाको मृत्यु भएको छ। शुक्रबार ६७ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार ३६६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना निको भएका छन्। शुक्रबार पाँच हजार २२५ जना निको भएका थिए।  केही दिनयता कोरोना परीक्षण घटेको छ। जसले गर्दा कोरोना संक्रमितको संख्या पनि घटेको देखिएको छ।


२९ जेठ २०७८, शनिवार १६:४१ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु