यौन पेशाका लागी लाईसेन्स दिनुपर्ने भन्दै मुख्यमन्त्री लाई ज्ञापन पत्र
धनगढी । बादी समुदायका महिलाहरूले आफूहरूको मागप्रति सरकार गम्भीर नभएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । सरकारसँग भएका सहमति पुरा गर्न नसक्ने भए जीविकोपार्जन गर्न यौन व्यवसायका लागि लाइसेन्सको व्यवस्था गर्नु पर्ने माग गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टलाई आइतबार ज्ञापनपत्र बुझाएका हुन् ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा बसोबास गर्ने बादीहरूले अझै पनि गाँस, बाँस र कपास जस्ता आधारभूत आवश्यकताबाट बञ्चित हुनुपरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका वादी अधिकार सघर्ष समितिको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले वादी तथा दलित समुदायको मागमा आफू गम्भीर रहेको बताए । वादी समुदायको स्तरोन्तीका लागी बजेटमा विशेष कार्यक्रम ल्याउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
२३ जेठ २०७८, आइतवार १७:३६ बजे प्रकाशित






























