Hotel Flora Long Ad

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर कति ?

काठमाडौँ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई को मूल्य बढाएको छ। १५ दिनको अवधिमा मात्रै आयल निगमले इन्धनको मूल्य पुनः बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको हो।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य १०८ र हवाई इन्धन इन्धनको मूल्य ८० रुपैयाँ प्रतिलिटर कायम भएको छ। १५ दिनमै १ अर्ब १० करोड घाटा हुने भएपछि निगमले तेलको मूल्य बढाएको हो । 

                                       


२३ जेठ २०७८, आइतवार ११:१५ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु