एनआरएनए अमेरिकाको चुनावी सरगर्मी : अध्यक्षका प्रत्यासी लामिछानेको टेक्कासमा बृहत कार्यक्रम

अहिले सबै भन्दा धेरै मतदाता रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको चुनावी सरगर्मी बढ्दो छ । यहि मे २९ र ३० तारिखमा हुने चुनावलाई लिएर यति बेला उम्मेदवारहरु मतदाता भेटघाटमा सक्रिय रहेका छ्न् ।
यसैबीच अध्यक्षका प्रत्यासी कृष्ण लामिछाने समूहले टेक्सासमा आइतबार बृहत कार्यक्रम गरेको छ । राष्ट्रिय समन्वय परिषदको सबै भन्दा ठूलो राज्यमा कार्यक्रमको आयोजना गरी लामिछाने समूहले आफू जीतको नजिक रहेको घोषणा गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस निकट जनसम्पर्क समिति, एमाले निकट प्रवासी नेपाली मन्च, राप्रपा निकटको प्रवासी नेपाली एकता समाजका शीर्ष नेताहरुले लामिछाने समूहलाई ईन्डोर्स गरेका छन् । लामिछाने नेपाली कांग्रेस निकट मानिन्छन् ।
२० हजार मतदाता रहेको संस्था अमेरिकामा बढीजस्तो हार्ड ड्राईभ भोटरहरु रहेको बताइन्छ । तर पपुलर भोटरहरु त्यसको २० प्रतिशत छन् , तिनै २० प्रतिशत भोटरहरु निर्णायक भोटरहरु हुन् ।
लामिछाने समूहले आफना एजेन्डाहरु आम गैरआवासीय नेपालीहरुको एजेन्डा भएकाले सबै मतदाताको मन आफूहरुले जित्ने दावी गरेको छ ।
हाल अमेरिकामा २१ शाखाहरु छन् । लामिछाने समूहले सबै राज्यमा पुगेर सभाको आयोजना गरिसकेको छ । लामिछाने समूहले चुनावी सभा यो अन्तिम भएको जनाएको छ तर चुनावी भेटघाट जारी रहने बताएको छ ।
अध्यक्षका प्रत्यासी लामिछानेबाहेक बुद्दी सुवेदी, अर्जुन बन्जाडे छन् ।
१० जेठ २०७८, सोमवार २२:५४ बजे प्रकाशित