punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्माण भएको एक महिनामै नदीको बहावले जोखिममा पुल

Chaupati
safha napa

बझाङ सदरमुकाम चैनपुरको सेती नदीमा बनेको मोटर गुड्ने क्रस पुल छेउको पर्खाल भासिएको छ । पर्खाल भासिएसँगै क्रस मोटर पुल जोखिममा रहेको छ।

बुधबार रातिदेखि परेको अबिरल वर्षाका कारण सेती नदीमा पानीको बहाब बढेको र नदीले कटान शुरु गर्दा पर्खाल भासिएको हो।

नदीमा पानीको बहाब बढेसँगै खोला छेउमा रहेको ग्याबिन जाली भासिएको र त्यसको असर पर्खालमा पनि परेको स्थानीय सडक पुर्वाधार विकास कार्यक्रमका प्राविधिक हरिशंकर जोशीले बताए। ग्याबिन जाली गएपछि सो पर्खाल भासिएको उनले बताए।

झण्डै रु आठ करोड लागतमा ७० मिटर लम्बाइको पानकोट पुल निर्माणको जिम्मा इलाइट कन्ट्रक्सनले पाएको थियोे।

निर्माण कम्पनीले २०७५ चैत्रमा सम्झौता गरी २०७७ वैशाखमा निर्माण कार्य सम्पन्न गरिसक्ने सम्झौता गरेको भएतापनि विभिन्न बहाना गरी पुल २०७८ वैशाखमा निर्माण सम्पन्न गरेको थियो।

पुलको काम निर्माण कम्पनी इलाइट कन्ट्रक्सनले पाएको भएपनि ग्याविन जाली हाल्ने काम उपभोक्ता समितिले बनाएको थियो।

पर्खाल भासिएपछि गाडी सञ्चालनमा ल्याउन सकस भएको यातायात व्यवसायी कैलाश खडकाले बताए। सो पुलको निर्माण कार्य गत वैशाखमा निर्माण सम्पन्न भएकोे थियो।


७ जेठ २०७८, शुक्रवार १८:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु