punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नयाँ सरकारको नेतृत्वमा ओली र देउवा दुवैको दाबी

Chaupati
safha napa

नयाँ सरकारको नेतृत्वमा आफूसँग बहुमत रहेको दाबीसहित केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले राष्ट्रपति कार्यालय शीतल निवासमा दाबी पेस गरेका छन्।

दुवै नेताहरुले आफ्नो पक्षमा बहुमत रहेको दाबी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  पेस गरेका छन्।

नेपाली कांग्रेसका सभापति देउवाले नयाँ प्रधानमन्त्री पदमा दाबी गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय अध्यक्ष डा. बाबुराम भट्टराई र एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथमै लिएर राष्ट्रपति कार्यालय पुगेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकारमा दाबी गर्न दिएको समयसीमा आज शुक्रबार ५ बजे सकिनुभन्दा केहि अगाडि नेताहरुले  दाबी पेस गरेका हुन्।

विपक्षी गठबन्धका तर्फबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) माधवकुमार नेपाल पक्षका सांसदको हस्ताक्षरसहित दर्ता गराएका हुन्।

विपक्षी गठबन्धनले १ सय ४९ जना सांसदको व्यक्तिगत हस्ताक्षर पेस गरेका छन्।

तर, विपक्षी दल पुग्नुभन्दा अगावै प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवासमा पुगेर १ सय ५३ जना सांसदको समर्थन आफूलाई रहेको राष्ट्रपतिसमक्ष गरेका थिए।

तर उनले एमाले संसदीय दलको रुपमा आफैं र जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलको नेताको रुपमा राजेन्द्र महतोको समर्थन देखाएका छन्।

त्यसो त महतोलाई संसदीय दलको नेताको रुपमा जसपाकै यादव–भट्टराई पक्षले स्विकार गरेका छैनन् ।


७ जेठ २०७८, शुक्रवार १८:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु