कोरोना महामारीसंग सामना गर्न दिर्घकालीन रणनीति बनाइरहेका छौं : मेयर वड
कोभिड महामारीमा स्थानीय सरकार ( अंक २ )

हामीले जोरायल गांउपालीकाको कोभिड महामारी सम्बन्धमा तयारी (प्रिपेडनेस ) , रेश्पोन्स ररणनीतिका बारेमा संक्षिप्त भए पनि केही जानकारी लियौ र त्यसलाइ पाठकहरु समक्ष साझा गर्ने प्रयास गर्यौ । यसबाट हामीलाइ के महशुस भयो भन्दा देश संघियतामा प्रबेश गरि सकेको र स्थानीय तहहरु प्रभावकारी काम गरिरहेता पनि केन्द्रलाइ ताक्नु पर्ने बाध्यता र केन्द्र प्रतिको मोह अझै पनि विद्यमान छ ।
कोभिड महामारीले उजागर गरेका अनेकौ तथ्यमध्य यो पनि हाम्रो शासन ब्यवस्थाको एउटा यर्थाथ हो । यो सत्य प्रति उदासिन हुन मिल्दैन यदि शुसासन र लोकतन्त्रको चाहना राख्ने हो भने । हाम्रा स्थानीय तह के सहि अर्थमा स्वायत्त छन् त ? के उनिहरु सक्षम छन् त ? स्वायत्तता र सक्षमता अभ्यासहरु , स्रोत साधनको उपलव्धता , जनताको सहभागिता र नेतृत्वको भिजन र त्यसलाई यथार्थमा रुपान्तरण गर्न सक्ने क्षमता र इमान्दारीतामा निर्भर हुन्छ । यो परिमार्जनको एक प्रकृया हो ।
कोभिड १९ महामारीले हामीलाई स्थानीय सरकारको सबलीकरणका बारेमा सोच्न बाध्य बनाको छ । अब शुसासन र लोकतन्त्रको अनुभव जमीनबाट हुनुपर्छ । कोभिड महामारीले यहि भन्छ । यस महामारीले हाम्रा सम्वन्ध ( रिलेशनसीप ) मात्र टाढा , हाम्रा प्रणाली ( सिस्टम ), हाम्रा संस्था (इन्सटिट्युशन ), हाम्रा मूल्य ( भ्यालुज ) र व्यवाहरलाई पुर्नभाषित गर्न झक्झकाएको छ ।
कोभिड १९ महामारी महामारी मात्र रहेन । यो व्यक्ती होस या संस्था सबैले आफूलाई परिमार्जन गर्ने चुनौती लिएर आएको छ । यो अस्तित्व र विलय बिच छनौट गर्ने समय हो । समाज र प्रकृति प्रति र आफै प्रति जिम्मेवार हुने समय हो ।
कोभिड महामारीमा स्थानीय सरकार सुपका स्थानिय सरकारका सफलता असफलता कमजोरी चुनौती र रणनीतिलाई प्रमुखता साथ उठान गरेर समाधान खोज्ने प्रयत्न हो । हाम्रो मान्यता के हो भने जनतासंग नजिकको सरकार नै सवभन्दा उत्तम सरकार हो ।
स्थानिय सरकार यस्तै उत्तम बनुन सबैको चाहना हो ।
आज हामीले राजनीतिक , भौगोलिक , साधन स्रोतका रुपमा महत्तपुर्ण मानिने धनगढी उपमहानगरपालिकाले कोभिड महामारीलाई सार्मना गर्न के गरिरहेको छ भन्ने बारेमा कुराकानी गरेका छौं । कुराकानी भन्दा अगाडी धनगढी उपमहानगरपालिकाको संक्षिप्त परिचय
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढी उप-महानगरपालिका मिति २०७२/ ६/ १ गते अगाडी सम्म नगरपालिकाको रुपमा रहेको थियो । २६१.७५ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको धनगढी उप–महानगरपालिका १९ वटा वडामा बिभाजित छ ।
काठमाडौँ देखि ७५० कि. मि.को दूरीमा रहेको यो पालिका संग भारतको गौरीफन्टा नाका जोडिएको छ । सुदुर पश्चिम प्रदेशको प्रमुख व्यापारीक केन्द्रका रुपमा परिचित रहेको यो पालिकाको जनसंख्या २०६८ को तथ्यांक अनुसार १,४७,७४१ रहेको छ |
प्रस्तुत छ धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड संगको कुराकानी
मेयर साब यहाको चुनावी अभियानको दौरानमा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नृप वड हुम्यान एम्बुलेन्स हो भनेर भन्नु भएको थियो । तपाइमा त्यो सेवाभाव र जोश अहिले पनि छ ?
अहिले त्यो भन्दा बढी छ । मलाइ विस्वास गरेर नै उपमहानगरपालीकाको जिम्मेवारी दिएको हो । सबै नागरिक स्वस्थ रहुन भन्नका लागि म बिहान देखि साझ सम्म खटिरहेको छु । कुनै व्यक्तीले मात्र केहि हुनेवाला छैन सबै हामी एउटै डुङ्गामा छौ । डुङ्गामा सवार एक जना पनि अपm्ठेरोमा परे सबै अफ्ठ्यारोमा पर्छौ । सबै जिम्मेवार हुन जरुरी छ । हामी संग दुइटा विकल्प छन् बाच्ने कि मर्ने । मलाइ लाग्छ हामी सबै जिम्मेवर हुने छौ निषेधज्ञाको पालना गर्ने छौं ।
गत बर्षको कोभिड महामारीबाट तपाइको सिकाइ के रहयो ? यो दोस्रो लहरको सामना गर्न के तयारी थियो तपाइ संग ?
कोभिडको पहिलो लहरबाट हामीले धेरै सिक्यौ । त्यही सिकाइको कारण हामीले व्यवस्थित गरेका छौ । यो समय गौरीफन्टा नाका बाट दैनिक १००० देखि १५०० जना मानिसहरु भित्रीरहेका छन् । नाकामा एन्टिजेन्ट भन्ने किट लगाका छौं । यसले ठूलो सहुलियत भएको छ । छोटो समयमा टेस्टको नतिजा दिन सक्छौ । हिजो मात्र मुख्यमन्त्री र सामाजिक विकास मन्त्री संग बसेर छलफल गरेको छु । त्यस अघि प्रमुख जिल्ला अधिकारी संग बसेर स्थिति लेखाजोखा गरेका छौ । गेटा मेडिकल कलजेमा स्तरिय आइशोेसन लेबलको क्वारेन्टाइन सुरु गर्ने तयारीमा छौ । हामी सामाजिक विकास मन्त्रालय संग सहकार्य गर्दै संबेदनशीलताका साथ बढ्छौं ।
अब कुरा गरौं दोस्रो लहरको । धनगढी उपमहानगरपालिका विशेष महत्त राख्छ । किन कि नौ जिल्ला कै मानिसहरु उपचारका लागि आउछन् । कति वटा सरकारी र प्राइभेट हस्पिटल छन् यहां ? क्वारेन्टाइनको के व्यवस्था छ ? कति बेड उपलब्ध छन् ?
आवस्यकता अनुसार हामी विद्यालयहरुलाइ क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने छौं । सरकारी त छदैछ , प्राइभेट हस्पिटलले पनि १० बेड बरावर सेवा दिने सोच लिनु भएको छ ।
अक्सिजन र औषधीको प्रयाप्त व्यवस्था छ ?
अक्सिजनको पुर्ण व्यवस्था उपमहानगरपालिकाले मात्र गर्न सक्ने होइन । दिनहु हजारौं मान्छे नाकाबाट भित्रीन्छन नौ वटै जिल्ला जानका लागि यस्तो अवस्थामा तीन वटै सरकारको सहकार्य र समन्वय आवश्यक पर्छ । निजी संस्था र व्यक्ति जो संग सिलिन्डर छ उहाँहरुलाइ सरकार समक्ष बुझाउन अपिल गरेका छौं ।
भेन्टिलेटरको उपलब्धता कस्तो छ ?
उपलब्ध भेन्टिलेटर संचालनमा छ्न । केहिको मर्मत गर्ने कार्य अगाडी बढेको छ ।
बिरामीलाई थप पचार गर्नु परे रिफर गरेको पाइयो । यसको सहजिकरण कसरी गर्नु हुन्छ ?
यस्तो अवस्थामा के गर्न सकिन्छ हामी गम्भीर छौं । हामी लागिरहेका छौं । हामी सबै सहज बनाउछौं ।
कति निमुखा जनता जसलाइ दुइ छाक खान दिनहु मजदुरी गर्नुपर्छ तिनका लागी खाद्यान्न र राहतका बारेमा के व्यवस्था छ ?
राहतका लागि केही सोचेका छैनौ । लकडाउन भएको आज दुई दिन भयो । लकडाउनको त्यो किसिमको परिस्थिति सृजना भएको छैन । अहिले कोभिड संक्रमितको ज्यान बचाउने तर्फ हामी केन्द्रित छौं । निर्माण कार्य रोकिएको छैन मजदुर र ज्यालादारी काम गर्नेहरु व्यक्तिहरु काम गरिरहेका छ्न ।
महामारीको समयमा सहि सुचनाको एक्दम आवश्यक हुन्छ जनतालाई कसरी सुसुचित पार्नु भएको छ ?
हामी हरदिन ब्रीफिङ गरिरहेका छौं । हामीले रेडियो टिभीका माध्यम बाट जनतालाइ सुसूचित गरिरहेका छौं । हाम्रो कुरा जनता संग पुर्याउनु तपाईं मिडियाकर्मीहरुको पनि जिम्मेवारी हुन्छ ।
ईमरजेन्सीमा जनताले कसरी कसलाई सम्पर्क गर्न सक्छन् ?
हामीले रेडियो मै फोन न दिएका छौं । स्वास्थ्य शाखाको नम्बर दिएका छौं । हरेक दिन पिसिआर टेस्ट गरिरहेका छौं । देश भरी मै एउटै उप म न पा। हो जस्ले पिसिआर टेस्ट गरिरहेको छ ।
एउटा कुरा निक्कै खड्केको छ जनतालाई स्थानिय सरकार र प्रदेश सरकार बिच समन्वय , के भन्नु हुन्छ ?
हाम्रो पालिका र प्रदेश सरकार बिच समन्वय भइनै रहेको छ ।
कोभिड महामारी त्यति छिटो अन्त हुने लक्ष्यण छैन । यसको सामना गर्न के रणनीति बनाउनु भएको छ ? एक दुई तिन भनेर भनिदिनुुस न ।
रणनीतिको सवालमा हामी संयुक्त रुपमा गइरहेका छौ ।
शब बहान अक्सिजन सिलिन्डर एम्बुलेन्स इत्यादिको आवश्यकता छ । कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा प्रदेश सरकार उपमहानगरपालिका र प्रशासन संग विमर्श गरिरहेका छौं । पर्सि देखि मेडिकल कलेजमा सेवा सुचारु गर्छौं । सब भन्दा पहिलो काम भनेको बिरामीलाई बचाउनु हो । कोरोना महामारी संग सामना गर्न दीर्घकालीन रणनीति बनाइ रहेका छौं । रणनीतिले मात्र केही हुदैन , पहिलो कुरा नागरिक सचेत हुन जरुरी छ । लकडाउन २२ गते बाट फेरि ८ दिन थपिसकेको छ ।
अन्तमा नगरबासीलाइ के भन्न चाहानु हुन्छ ?
बाच्यौ भने हामी धेरै गर्न सक्छौं । अर्काको घरमा आउने जाने , भिड भाड्मा जान बन्द गर्नु पर्यो । स्वास्थ्य मापदण्ड अपनाउने । उचित आहार खाने गर्नु पर्यो । विभिन्न बहाना बनाएर सडकमा हिड्ने जस्ता कार्य बन्द गर्न अनुरोध गर्दछु ।
१९ वैशाख २०७८, आइतवार २३:३३ बजे प्रकाशित