punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रुसी आक्रमणबाट युक्रेनमा १२ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

Chaupati
safha napa

काठमाडौं : रुसले युक्रेनका विभिन्न शहरमा दर्जानौ मिसाइल प्रहार गरेको छ।
पूर्वी शहर डिनिप्रोको अपार्टमेन्ट ब्लकमा भएको आक्रमणमा कम्तिमा १२ जनाको मृत्यु भएको छ। मिसाइल आक्रमणपछि भवनको ठूलो हिस्सा ध्वस्त भएको छ भने १४ बालबालिकासहित ६४ जना घाइते भएका छन्।

भवनमा धेरै मानिस फसेका छन्। मध्य युक्रेनका सहरहरूबाट पनि ठूलो विस्फोटको आवाज सुनिएको छ। राजधानी कीभ, खार्किभ र ओडेसा लगायतका शहरहरूमा पनि मिसाइल प्रहार भएको छ।

धेरै शहरहरूमा मिसाइलहरूले विद्युतीय पूर्वाधारमा प्रहार गरेपछि युक्रेनको अधिकांश भागमा विद्युत आपूर्ति बन्द भएको छ।
हिजो बेलायतले देशको रक्षामा सहयोग गर्न युक्रेनलाई च्यालेन्जर–२ ट्याङ्क पठाउने बताएको थियो। युक्रेनलाई च्यालेन्जर–२ ट्याङ्क दिने बेलायतको निर्णयप्रति रुसले असन्तुष्ट व्यक्त गरेको छ।
रुसले युक्रेनलाई थप हतियार उपलब्ध गराएमा रुसी कारवाहीलाई तीव्र पार्ने र धेरै नागरिकको हताहत हुने बताएको छ।


१ माघ २०७९, आइतवार ०९:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु