सुदूरपश्चिममा एकैदिन ११ संक्रमितको मृत्यु, कैलालीमा धेरै

सुदूरपश्चिममा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी कैलालीमा ६ जनाको मृत्यु भएको छ । त्यस्तै कञ्चनपुरमा ३, अछाम र बझाङका १/१ जना गरी ११ जना संक्रमितको मृत्यु भएको हो।

कैलालीमा धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिला, धनगढीकै ४० वर्षीय एक पुरुष, जिल्लाको घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय युवक, लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, गोदावरी नगरपालिकाकी ८७ वर्षीया एक महिलाको घरमै मृत्यु भएको छ। केहिदिन अघि कोरोना संक्रमण पुस्टि भएकी ती महिलाको होम आइशोलेसनमा मृत्यु भएको हो ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहिवार बिहान १ बजे, दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको बुधबार राति १२ बजे र भीमदत्त नगरपालिका १८ की ३६ वर्षीया एक महिलाको बिहीबार बिहान ७ बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ।

भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनैपनि ट्राभल हिस्ट्री नभएको र उनीमा ब्लड क्यान्सरको समस्या रहेको बताइएको छ। उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट बझाङमा पनि एक पुरुषको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए।

यस्तै अछामको बान्नीगढी जयगढी गाउँपालिका–५ कालिकाको बाहुन गाउँका ७७ वर्षीय लोगराज ढुङ्गानाको मृत्यु भएको छ । ढुंगानाको नेपालगंजबाटबाट अछाम ल्याउँदै गर्दा बर्दियामा मृत्यु भएको हो।


१६ वैशाख २०७८, बिहीवार १७:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु