Hotel Flora Long Ad

अस्पतालमा अक्सिजन अभाव हुन नदिइने, मुख्यमन्त्रीकै अध्यक्षतामा भए यस्ता चार निर्णय

सुदूरपश्चिम प्रदेशका अस्पतालमा अक्सिजन अभाव हुन नदिने गरि व्यवस्था गर्ने तयारी गरिएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टको आव्हानमा आज बसेको बैठकले अस्पतालमा अक्सिजनको कमी हुन नदिने गरी कोरोना संक्रमितको उपचार ब्यवस्था गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्री, कैलालीका प्रमुख जिल्ला अधिकारी, धनगढी उपमहानगर मेयर, सामाजिक विकास मन्त्रालयका सचिव, संघीय जनस्वास्थ्य महाशाखा प्रमुख, प्रदेश स्वास्थ्य आपूर्ति प्रमुख, सेती अस्पतालका मेसु लगायतको सहभागिता थियो ।

बैठकले गेटा मेडिकलका एउटा भवनमा आइसोलसन र होल्डिङ सेन्टर स्थापना गर्नेदेखि आइसीयू र संक्रमितको उपचारका लागि नीजि अस्पतालसंग सहकार्य गर्ने लगायतका निर्णयहरु गरिएको छ ।

यस्ता छन् चार निर्णय
१. सबै जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण भैइरहेकाले सुदूरपश्चिममा रहेका अक्सिजन सप्लायर्सले आपूर्ति गर्न नसके बाहिरवाट भएपनि खरिद गर्ने

२. संघीय मन्त्रालयसँग समन्वय गरी आजैदेखि गेटा मेडिकल कलेजको एउटा भवनमा आइसोलेसन र होल्डिग सेन्टर स्थापनामा जुट्ने ।

३.नाकामा चेकजाँच गरेर मात्रै नेपाल प्रवेश गराउने । त्यसका लागि थप व्यबस्थापन, आवश्यक जनशक्ति तथा कीटहरु सामाजिक विकास मन्त्रालयले व्यवस्था मिलाउने ।

४. सिरियस विरामी बढ्दै गएकाले सेती अस्पतालमा आवश्यक्ता अनुसार थप भेन्टिलेटर तथा आइसीयू वेड थप्ने, संक्रमितको उपचारमा नीजि अस्पतालहरुकासँग सहयोगको आग्रह गर्ने ।


१६ वैशाख २०७८, बिहीवार १६:२१ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु