पछिल्लो २४ घण्टामा थप ४ हजार ९२८ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९२८ जना नयाँ संक्रमित थपिएका छन्।
जसमा पिसिआर परीक्षणबाट ४ हजार ८३१ र एन्टिजेन परीक्षणबाट ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १२ हजार ५९७ पिसिआर परीक्षण गरिएको छ । ९९३ को एन्टिजेन परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ३ लाख १७ हजार ५३० जना पुगेको छ।
२४ घण्टामा ८८८ जना संक्रमित कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ३२४६ पुगेको छ।
१६ वैशाख २०७८, बिहीवार १७:५० बजे प्रकाशित













