कोरोना संक्रमणबाट कैलालीमा थप एक जनाको मृत्यु

कैलालीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोककी ४६ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।

सुगर र प्रेसरको बिरामी रहेकी उनलाई स्वासप्रस्वास सम्बन्धि समस्या आएपछि मंगलबार  सेती  प्रादेशिक अस्पताको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो।

पीसीआर चेक गर्दा बुधबार ११ बजेतिर उनमा कोरोना पोजेटिभ देखिएको थियो । बिहीबार बिहान १२ः३० बजेको समयमा उपचारका क्रममा इमर्जेन्सी वार्डमै मृत्यु भएको जनाइएको छ।


१६ वैशाख २०७८, बिहीवार ०९:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु