निषेधाज्ञाका कारण कोरोनाविरुद्धको खोप अभियान स्थगित

सरकारले निषेधाज्ञा जारी गरेपछि
कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्कालका लागि स्थगित गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय काठमाडौले विज्ञप्तिमा तत्कालका लागि खोप अभियान स्थिगित गर्ने जनाएको हो ।

काठमाडौमा कोरोनाविरुद्धको खोप अभियान निरन्तर संचालन गर्ने भनिए पनि अब केही समयको लागि बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना संक्रमण नियन्त्रण गर्नका लागि उपत्यकामा निषेधाज्ञा गरिएकाले खोप अभियान स्थगित गरिएको कार्यालयले बताएको छ।

दोस्रो चरणको खोप अभियानअन्तर्गत चैत २५ गतेदेखि चिनियाँ अनुदानको कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेरका नागरिकलाई दिइएको थियो ।


१६ वैशाख २०७८, बिहीवार ०९:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु