कैलाली र कञ्चनपुर आजदेखि निषेधाज्ञा, उल्लंघन गरे कारबाही

कैलाली र कञ्चनपुरमा आजदेखि निषेधाज्ञा सुरु भएको छ । कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएपछि सुदूरपश्चिमका दुई जिल्लामा निषेधाज्ञा जारी गरिएको हो।

पहिलो चरणमा एक साताका लागि निषेधाज्ञा गरिएको छ । संक्रमण बढ्दै गयो भने त्यसपछि पनि समय थप गरिने स्थानीय प्रशासनले जनाएको छ ।

निषेधाज्ञाको समय अत्यावश्यकबाहेस सबै सेवा बन्द गरिएका छन् । संक्रमणको अवस्था हेरेर लकडाउन तथा निषेधाज्ञा लागू गर्न सरकारले स्थानीय प्रशासनलाई अनुमति दिइएको छ ।

सरकारले बिहीबारसम्म १३ जिल्लामा निषेधाज्ञाको निर्णय भइसकेको छ भने केही जिल्लामा यसको तयारी भइरहेको छ ।

गृह मन्त्रालयका अनुसार नौ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञाको निर्णय भइसकेको छ । तीन जिल्लामा आंशिक रूपमा लकडाउन गरिएको छ । पूर्ण रूपमा निषेधाज्ञा हुने जिल्लामा कैलाली पनि हो।

अत्यावश्यक सेवा प्रवाह गर्दा पनि स्वास्थ्य मापदण्ड लागू गरेर काम गर्न आग्रह गरिएको छ ।


१६ वैशाख २०७८, बिहीवार ०७:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु