punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुद्ध एयरले हवाई भाडादर बढायो, काठमाडौं-धनगढी कति ?

Chaupati
safha napa

सरकारले निषेधाज्ञा जारी गरेसँगै नेपालको बहुप्रतिष्ठित वायुसेवा कम्पनी बुद्ध एयरले आन्तरिक उडानका लागि भाडादर बढाएको छ।

बुद्ध एअरको बुधवारको काठमाडौं-धनगढी उडानको लागि भाडा ११ हजार ६ सय ८५ तोकिएको छ।

नेपालगञ्जको १० हजार रुपैयाँसम्म र विराटनगरको ७ हजार २ सयसम्म पुगेको छ। यस्तै आइतबारसम्म दुई हजार रुपैयाँबाट रहेको पोखराको भाडा बढेर ४८ सय नाघेको छ। सरकारले तत्कालको लागि आन्तरिक उडान नरोक्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण उच्च देखिएको काठमाण्डौ उपत्यकासहित ९ जिल्लामा निषेधाज्ञाको निर्णय गरे पनि आन्तरिक हवाइ उडान भने नरोक्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।


१४ वैशाख २०७८, मंगलवार ०९:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु