कैलाली-कञ्चनपुर कोभिड संकट व्यवस्थापन सचिवालय गठन

कोरोना तीब्र रुपमा फैलिरहेको भन्दै कैलाली र कञ्चनपुरमा कोभिड संकट व्यवस्थापन सचिवालय  गठन गरिएको छ ।

दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिवस्तरका कर्मचारीको संयोजकत्वमा रहने गरेर सचिवालय गठन गर्ने निर्णय गरिएको हो ।

सात सदस्यीय सचिवालयको सदस्यमा दुबै जिल्लाका जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अधिकृतस्तरका कर्मचारी, कैलालीको धनगढी उपमहानगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिकाका र जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अधिकृतस्तरका कर्मचारी प्रतिनिधिका रुपमा रहेका छन् ।

त्यस्तै, समितिको सदस्य सचिवका रुपमा जिल्ला प्रशासन कार्यालय कैलालीका अधिकृतस्तरका कर्मचारी रहने भन्ने निर्णय गरिएको छ ।


१३ वैशाख २०७८, सोमवार १५:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु