नौ महिनामा १ खर्ब ४८ अर्ब बढिको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्षको नौ महिनामा १ खर्ब ४८ अर्ब पेट्रोलियम पदार्थ आयात गरेको छ । भन्सार विभागको चैत महिना सम्मको तथ्याङकले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा १ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात गरेको विभागको तथ्यांकले देखाएको छ । यस्तै चालु आर्थिक वर्षको सोहि अवधिमा फलाम तथा स्टीलको आयात १ खर्ब ८ अर्ब ९७ करोड रुपैयाँबराबरको भएको छ ।

त्यस्तैगरी यो अवधिमा ७३ अर्ब ८६ करोड रुपैयाँबराबरको सवारी साधन र त्यसको पार्टपुर्जा आयात भएको छ ।


११ वैशाख २०७८, शनिवार १२:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु