punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेकै चार सांसदले जोगाएर कर्णाली प्रदेश सरकार, काँग्रेसको पनि साथ

Chaupati
safha napa

एमालेले दिएको समर्थन फिर्ता लिएर अल्पमतमा परेको कर्णाली प्रदेश सरकार जोगिएको छ ।

कर्णाली प्रदेश सरकारले विश्वासको मत लिने क्रममा एमालेका चार सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको हो ।

३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत आवश्यक रहेको ठाउँमा मुख्यमन्त्रीका पक्षमा २२ मत परेको छ। आजको प्रदेशसभाको बैठकमा ३७ जना सांसदहरू सहभागी भएका थिए ।

नेकपा एमालेले आफ्ना सांसदहरूलाई अविश्वासको पक्षमा मत हाल्न ह्वीप जारी गरेको थियो । तर, पार्टीको ह्वीप उल्लंघन गर्दै एमालेका चार सांसदले विश्वासको मत दिए माओवादी केन्द्रको सरकार जोगाइदिएका छन् ।

प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् । प्रकाश ज्वाला माधव नेपालपक्षीय एमालेको कर्णाली प्रदेशका संयोजक हुन् । उनी केही दिनअघिसम्म शाही सरकारमा अर्थमन्त्री थिए । त्यस्तै नन्दसिंह बुढा पनि प्रकाश ज्वालासँगै मन्त्री थिए ।

कर्णालीमा नेकपा एमालेका माधव नेपाल पक्षका ९ सांसद छन् । उनीहरूले जति मत चाहिने हो त्यति शाहीको पक्षमा दिने समझदारी अनुसार चारजनाले दिएको बुझिएको छ ।

प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । एमालेका १९ जना (सभामुख बाहेक) सांसद् छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपाले भने कसैलाई मत नहालेर तटस्थ बस्यो ।


३ वैशाख २०७८, शुक्रवार १८:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु