punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भेरी अस्पतालमा १८३ जनामा परीक्षण : १२७ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना अस्पतालमा १८३ जनामा परीक्षण गर्दा १२७ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणको विवरण सार्वजनिक गर्दै कुल परीक्षण गरिएको स्वाबमध्ये ६९ दशमलब ४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

भेरी अस्पतालको प्रयोगशालामा गत २४ घण्टामा १८३ जनामा आरटी पीसीआर परीक्षण गरिएको थियो। जसमध्ये १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अस्पतालका अनुसार कोरोना संक्रमित हुनेमा ८ वर्षीया बालिका देखि ७८ वर्षीया वृद्धा समेत छन्। संक्रमित मध्ये धेरैजसो बाँके र बर्दियाका छन्। एकैदिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत १ वर्षमा यो पहिलो पटक हो भएको जनाएको छ।


३ वैशाख २०७८, शुक्रवार १६:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु