punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा दैनिक ६ जना बलात्कृत

Chaupati
safha napa

नेपालमा दैनिक ६ बलात्कार घटना हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यायको पछिल्लो ४४ महिनाको तथ्याङ्क अनुसार दैनिक ६ बलात्कारका घटना हुने गरेका छन् ।

पछिल्ला तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सात हजार ५१० बलात्कारका मुद्दा प्रहरीमा दर्ता भएका छन् । जुन दैनिक औसतमा ५ दशमलव ६८ प्रतिशत हो ।

आर्थिक वर्ष ०७४÷०७५ मा एक हजार ४८० बलात्कारका मुद्दा दर्ता भए । आर्थिक वर्ष ०७५÷०७६ मा दुई हजार २३३ बलात्कारका मुद्दा दर्ता भए । ०७६÷०७७ मा दुई हजार १४४ मुद्दा दर्ता हुँदा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म एक हजार ६५३ बलात्कारका मुद्दा दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको आठ महिनामा बलात्कारका एक हजार ६५३ मुद्दा दर्ता भएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको (१४२९) तुलनामा १५ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षमा प्रत्येक दिन सातजना बलात्कृत हुने गरेको देखिएको छ । पुस मसान्तसम्म क्रमशः घट्दो क्रममा रहेको र पुनः माघदेखी फागुनमा बलात्कारका घटनामा वृद्धि भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बलात्कारका घटनाहरू प्राय नजिककै चिनजानका व्यक्तिहरूबाट भएको देखिन्छ । चालु आर्थिक वर्षमा भएका एक हजार ६५३ मुद्दाका एक हजार ८५५ जना प्रतिबादीहरू मध्ये ११ दशमलव २१ प्रतिशत (२०८ जना) प्रतिबादीहरू हाडनाता सम्बन्धका रहेको देखिएको छ । समग्रमा ८१ दमशलव ५६ प्रतिशत (१५१३ जना) प्रतिबादीहरू हाडनाता सम्बन्ध तथा नजिक चिनजानको व्यक्तिहरू रहेको प्रहरी अध्ययनले देखाएको छ ।

आर्थिक वर्ष ०७६÷७७ को फागुन मसान्तसम्म जवरजस्ती करणी उद्योगका चार सय ६८ घटना दर्ता भएको र चालू आर्थिक वर्षको सोही अवधीसम्म ५०० वटा जवरजस्ती करणी उद्योगका घटनाहरू दर्ता भएको देखिएको छ । यो समाचार बाह्रखरीबाट लिएको हो


३० चैत २०७७, सोमवार १३:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु