राष्ट्रपति चुरे – तराई मधेश संरक्षण विकास समितिको चार सदस्यसहित अध्यक्षमा डा. पौडेल नियुक्त
सरकारले राष्ट्रपति चुरे – तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ।
शुक्रबार मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन्। वन मन्त्रालयको सिफारिसमा उक्त नियुक्तिको निर्णय गरिएको उनले जानकारी गराए।
समितिको सदस्यमा कमला ओली सिवाकोटा, शशीकुमार शर्मा, शुष्मी ढकाल र भेषराज आचार्यलाई नियुक्त गरिएको मन्त्री गुरुङले जानकारी दिए।
२७ चैत २०७७, शुक्रवार १६:५८ बजे प्रकाशित






























