अवैध रुपमा भित्र्याइएका कुखुरा बरामद गरी नष्ट
कञ्चनपुरमा अवैध भित्र्याइएका १ क्विन्टल ८० किलो कुखुरा प्रहरीले बरामद गरेको छ।
जिल्लाको पुनर्वास नगरपालीका–२ बाट भारतबाट अवैध रुपमा ल्याइएको १ क्विन्टल ८० किलो कुखुरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
यस्तैगरी भन्सार छलेर ल्याइएको गुड समेत प्रहरीले बरामद गएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ बाट अन्दाजी १४ हजार ८ सय ५० रुपैंया बराबरको गुड बरामद गरेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।
बरामद भएका कुखुरा सरोकारवालाहरुको रोहबरमा नष्ट गरिएको र गुड आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको उनले जानकारी गराए।
१ चैत २०७७, आइतवार १७:४५ बजे प्रकाशित






























