काँग्रेस अपबित्र सम्झौता गरेर सरकारमा जाँदैन : एनपी साउँद
नेपाली कांग्रेसका नेता एनपी साउँदले सबै राजनीतिक दलहरुले निःशर्त नेतृत्व स्वीकार गरेमा मात्रै काँग्रेस सरकारमा जाने बताएका छन् ।
नेपाल राष्ट्रिय मगर संघको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले सबै दल एकताबद्ध भएमा मात्रै कांग्रेस सरकारमा जाने बताए ।
उनले कांग्रेसलाई अन्य दलहरुसँग अपवित्र सम्झौता गरेर सरकारमा जानुपर्ने कुनै आवश्यकता नभएको बताए ।
उनले सत्तामा जानका लागि संविधानलाई चलाउने, संविधानलाई अस्थिर बनाउने र पार्टीको छविमा आँच आउने काम पार्टी नेतृत्वले गर्न नहुनेमा पनि जोड दिए ।
यस्तो बेलामा नेपाली काँग्रेसलाई एकजुट बनाएर राख्नुपर्ने भन्दै उनले जनताको आशा र भरोसालाई मार्न नहुने बताए ।
१ चैत २०७७, आइतवार १६:२६ बजे प्रकाशित













