punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५४५ हजार नाघ्यो

Chaupati
safha napa

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख ४५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५०५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ४५ हजार ५४४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६६ हजार ७८५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९९ लाख ९३ हजार नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म २ करोड २० लाख ३१ हजार २२० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७४ लाख १६ हजार ६५९ जनामध्ये ११ हजार ६७० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । एजेन्सीको सहयोग


२९ फागुन २०७७, शनिवार १३:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु