punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रहरी हबल्दार महिला ११ लाख घुससहित पक्राउ, पैसा राखिदिने पनि समातिए

Chaupati
safha napa

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार ताराकुमारी श्रेष्ठ ११ लाख रुपैयाँ घुससहित पक्राउ परेकी छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्क्राउ गरेको हो ।

श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी घुस मागेको सूचनाको आधारमा पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए ।

श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सन्चालन अनिस जोशीलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ ।

हवल्दार श्रेष्ठ र जोशी दुवैलाई ११ लाख रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौंको कार्यालय प्रवेश गर्ने मूलगेट अगाडिबाट नियन्त्रणमा लिइएको आयोगका सहायक प्रवक्ता भण्डारीले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


२४ फागुन २०७७, सोमवार ०८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु