नेविसंघ त्रिवि समितिको आन्दोलन : नेता भण्डारीको ऐक्यबद्धता, सिंगो विश्वविद्यालय ठप्प पार्ने चेतावनी

विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको नेविसंघ त्रिभुवन विश्वविद्यालयको समितिको मागप्रति काँग्रेस नेता क्षितिज भण्डारीले ऐक्यबद्धता जनाएका छन् ।

नेविसंघ त्रिवि समितिले स्ववियु निर्वाचन हुनुपर्नेलगायत माग राखेर ३३ दिनदेखि अनसन गरिरहेको छ । नेविसंघका पूर्व कार्यबाहक अध्यक्षसमेत रहेका नेता भण्डारीले शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न आग्रहसमेत गरेका छन् । नेविसंघका मागप्रति गम्भीर नबनेमा विश्वविद्यालयका भिसीलाई तानेर माग कार्यान्वयन गराउने क्षमता रहेको बताए ।

राजनीतिक नियुक्तिले विश्वविद्यालय बिग्रिएको भन्दै उनले ती सबै नियुक्ति खारेज गरेर स्वच्छ नियुक्ति हुनुपर्ने माग राखे । माग पूरा नगरेर सिंगो विश्वविद्यालय ठप्प हुने चेतावनीसमेत उनले दिए । केही दिनअघि अनसनस्थलमै पुगेर पूर्वप्रधानमन्त्री नेपालले उनीहरुको मागमा ऐक्यबद्धता जनाएका थिए ।

नेविसंघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, शैक्षिकसत्र नगुम्ने गरी एक महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्नेलगायत माग राखेर उपकुलपति कार्यालय परिसरमा रिले अनसन राखेको छ ।


२३ फागुन २०७७, आइतवार २०:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु