punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा विवादबारे बोल्यो निर्वाचन आयोग, कहिले हुन्छ समाधान ?

Chaupati
safha napa

निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद समाधान गर्ने तयारी गरेको छ । आयोगले अबको केही दिनमै विवाद समाधान गर्ने तयारी थालिएको जनाएको छ ।

अब चुनावको तयारी गर्नु नपर्ने र पेस भएका दुवै पक्षका निवेदनहरुमाथि अध्ययन भइरहेकाले छिट्टै विवादको निरुपण गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

संवैधानिक व्यवस्था, कानुनी प्रावधान, प्राप्त निवेदनलगायतलाई आधार बनाएर आयोगले अध्ययन अन्तिम चरणमा पुर्याएको छ ।

यसअघि चुनावको प्रयोजनका लागि विभिन्न काम गर्नुपर्ने भएकाले नेकपाभित्रको विवाद समाधान गर्न समस्या भइरहेको र अहिले अवस्था सहज भएकाले केही दिनमै विवादको निचोड निकालिने उनको भनाइ रहेको छ ।

यसैबीच, नेकपाको विवाद समाधानका लागि आयोगले देखाएको भूमिकाप्रति नेकपाको प्रचण्ड-नेपाल समूहले असन्तुष्टि जनाएको छ । आयोगले संविधान र कानुनसम्मत ढंगले सहज निर्णय नगर्दा अहिले समस्या भइरहेको प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ ।

यसअघि आयोगमा प्रचण्ड-नेपाल समूह र ओली समूहले उपलब्ध गराएका दुवै निर्णयलाई वैधानिकता नदिने आयोगले निर्णय गरेको थियो । त्यसपछि फेरि प्रचण्ड-नेपाल समूहले अर्को निर्णय बोकेर आयोग पुगेको थियो ।

प्रचण्ड-नेपाल समूहले आवश्यक परे बहुमत सदस्य नै आयोगमा उपस्थित हुने भन्दै बहुमत सदस्यहरुको नागरिकता र पार्टीको परिचयपत्र सङ्कलन गरेर राखेको छ ।

ओली समूहले पनि आफूसँग अध्यक्ष, महासचिव, माइन्युट सबै भएकोले आफूहरु नै नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएको छ ।


१६ फागुन २०७७, आइतवार ०९:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु