संसद पुनर्स्थापनाको खुसियालीमा देशभरी विजय जुलुस निकाल्दै नेकपा प्रचण्ड- माधव खेमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल खेमाले प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा आज देशभरि विजय जुलुस गर्ने भएको छ।
काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे जुलुस हुनेछ भने उपत्यकाबाहिरका जिल्ला बिहान ८ बजे जुलुस निकालिने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय संघर्ष समितिले जनाएको छ।
केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार शान्तिवाटिकाको जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुने सम्भावना छ।
१२ फागुन २०७७, बुधवार ०८:१६ बजे प्रकाशित






























