लागुऔषधसहित क्लिनीक सञ्चालक पक्राउ
कैलालीमा लागुआषध सहित एकजना क्लिनीक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित मुडा बजारमा भुपू शैनिक क्लिनीक सञ्चालन गर्दै आएका ३८ वर्षिया लाल बहादुर बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
आगुऔषदको कारोवार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखड र बौनियाँको प्रहरी टोलिले उनलाई बुधबार क्लिनीकबाटै पक्राउ गरेको हो ।
उनको क्लिनीकबाट ७ सय ४० क्याप्सुल ट्रामाडोल, १ सय १० क्याप्सुल ओपिडोल र ६ सय ७५ ट्याब्लेट एबिल नाम लेखिएको औषधी समेत बरामत गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी गाराए ।
पक्राउ परेका बिश्वकर्मालाई लागुऔषध कारोबारमा मुद्धा चलाउने तयारी भईरहेको प्रहरीले बताए ।
१५ माघ २०७७, बिहीवार १३:४६ बजे प्रकाशित































