युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जना पक्राउ

बझाङमा मंगलबार भएको युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहलाई खुँडा प्रहार गरि हत्यामा संलग्न भएको आरोपमा थप ३ जनालाई पक्राउ गरिएको  बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी जानकारी गराए।

छबिसपाथिभेरा गाउँपालिकावडा नम्बर २ का वडाध्यक्ष विकास ऐडी, प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडीलाई पक्राउलाइ  पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी गराए।

उनीहरुलाई थलारा गाउँपालिकाबाट पक्राउ गरिएको खड्काले बताए। सिंहको हत्या गरेको आरोपमा छबिसपाथिभेरा वडा नम्बर २ का ज्ञानबहादुर कडायत भने मंगलबार नै पक्राउ परिसकेका छन्।

छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको हत्या भएको प्रहरीले बताए ।

उनको हत्यामा वडाध्यक्षको सरकारी मोटरसाइकल समेत प्रयोग गरेको भेटिएपछि अनुसन्धानका लागि निजलाई नियन्त्रणमा लिएको प्रहरीले बताए ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी निकट उम्मेदवार गजेन्द्र धामी २८ मतले काँग्रेस निकट उम्मेदवार लोेकेन्द्र बोहरासँग पराजीत भएका थिए।

धामीले १ सय ४९ र बोहराले १ सय ७७ मत प्राप्त गरेको बुझिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खडकाले जानकारी गराए।

हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी बोहरा निकटका रहेको उनले बताए । यसअघि समेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ।


१४ माघ २०७७, बुधवार १४:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु