देशभर भोलीदेखी कोरोना विरुद्वको भ्याक्सिन लगाइने
देशभर भोली देखी कोरोना भाइरसविरुद्वको भ्याक्सिन अभियान हुदैछ । यो अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले अभियानको शुभारम्भ भोली बिहान १० बजे गर्ने बताइएको छ ।
खोप अभियान देशभर एकैपटक सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सम्भव नभएका स्थानमा पनि १८ गते भित्रै खोप लगाइनेछ ।
सुरुमा फ्रन्टलाइनरमा रहेर काम गर्ने व्यक्तिहरूलाई खोप दिने नेपाल सरकारको योजना छ । यसका लागि भारत सरकारले १० लाख डोज खोप नेपाललाई अनुदानमा दिएको छ ।
अक्सफोर्ड÷एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको (कोभिसिल्ड) खोपका एक लाख भायल भारतले अनुदानमा दिएको छ ।
१३ माघ २०७७, मंगलवार १२:०५ बजे प्रकाशित













