वैशाखमा चुनाव हुँदैन : नेता कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले बैशाखमा चुनाव नहुने जनाएका छन् । शनिबार महेन्द्रनगरमा प्रेस यूनियन कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस महामन्त्री कोईरालाले चुनाव नहुने जनाएका हुन् ।
अहिले पनि नेकपा पार्टी कानुनी रुपमा फुटेको छैन, महामन्त्री कोईरालाले भने निर्वाचन आयोगले सुर्य चुनाव चिन्ह कसलाई आधिकारिक दिन्छ, नपाउने समुहले विरोध र अदालत जान्छ, यहि कारण पनि बैशाखमा चुनाव हुँदैन ।’
प्रधानमन्त्री ओलीले संसद विघटन गरेर लोकतन्त्र र संविधानमाथि नै कुठाराघात गरेको बताउदै उनले कांग्रेस पुर्नस्थापनाकै पक्षमा रहेको उनले बताउदै ओलीले तीन वर्षमा विकासका नाममा एक इँटा समेत थप्न सकेनन बताए ।
जति गिरिजाले तीन वर्षमा थुप्रै ऐतिहासिक काम गरेका थिए ।’ विगतदेखि चलिरहेको कार्यक्रममा ओलीले निरन्तरता मात्र दिएको बताउँदै उनले कोरोना कहरबाट थलिएको अर्थतन्त्रमाथि उकास्नका लागि कुनै योजना अघि नसारेको उनले बताए ।
१० माघ २०७७, शनिवार ११:४४ बजे प्रकाशित






























