त्रिवि अस्पतालको कोभिड आईसीयूमा कार्यरत चिकित्सकमाथि आक्रमण

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छ । कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथि हातपात गरेका हुन् ।

‘मिस अण्डरस्ट्यान्डिङ’का कारण मृतकका आफन्तले चिकित्सकमाथि हात उठाएको शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले बताए । उनकाअनुसार निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका बिरामीलाई बुटवलमा गरिएको पीसीआर जाँच नेगेटिभ थियो ।

सोही कारण उनलाई शिक्षण अस्पतालको ननकोभिड वार्डमा उपचार गरिएको थियो । उपचारको क्रममा भाइरल इन्फेक्सनको शंकपछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

‘टेकुमा इन्फ्लुएञ्जाको रिपोर्ट पनि नेगेटिभ आएपछि ल्याबले कोरोनाको शंका गरेर पीसीआर गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारीपछि बिरामीलाई कोभिड आईसीयूमा सारिएको डाक्टर दास बताउँछन् ।

आईसीयूमा राखेर उपचार भइरहेको अवस्थमा बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । डाक्टर दासका अनुसार मृत्युपछि रिपोर्ट लिन जादाँ ल्याबले इन्फ्लुएञ्जाको रिपोर्ट मात्र पठाएको थियो । सोही कारण मृतकका आफन्तले कोरोना नभएको मानिसलाई कोभिड आईसीयूमा राखेर मृत्यु भएको भन्दै हातपात गरेको दास बताउछन् ।

पछि बुझ्दा टेकुले पीसीआर जाँचको शुल्क नदिएका रहेछन् । तर मृततका आफन्तले बिरामीलाई कोरोना नै नभएको भन्दै ड्युटीमा रहेका डाक्टरलाई हातपात गरेको दासको भनाई छ ।


६ माघ २०७७, मंगलवार १६:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु