वरिष्ठ गीतकार रिमालको निधन
वरिष्ठ गीतकार भैरवनाथ रिमाल (कदम)को निधन भएको छ ।
पारिवारिक स्रोतले बताएअनुसार शनिबार बिहान उनको निधन भएको हो ।
१९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमाल कवि एवं गीतकारका रूपमा चर्चित छन् । कदमले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’ (उदास मेरो जीवन कथां) लगायत गीत चर्चित छन् ।
गायक दीप श्रेष्ठका अनुसार रिमाललाई उर्जाशील गीतकार बताए । श्रेष्ठका अनुसार छोटो समयमा पनि धेरै गीत सृजना गर्न सक्ने क्षमता भैरवनाथ रिमालसँग थियो । रिमालको शब्दमा दीप श्रेष्ठले एक दर्जन गीत गाएका छन् ।
२५ पुस २०७७, शनिवार १७:१५ बजे प्रकाशित













