इन्डोनेशियामा विमान उडेलगत्तै यात्रुवाहक विमान बेपत्ता

इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना यात्रु बोकेर उडेको एक यात्रुवहान विमान उडेलगत्तै बेपत्ता भएको छ।
द श्रीविजय एयर बोइङ ७३७ विमान देशको पश्चिमी प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले बताएका छन्।
उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो।
देशको यातायात मन्त्रालयले खोजी कार्य सुरु भइसकेको जानकारी दिएको छ। एजेन्सीको सहयोगबाट
२५ पुस २०७७, शनिवार १७:२२ बजे प्रकाशित