अनलाइनबाटै उद्योग दर्ता

विदेशबाटै उद्योग दर्ता गर्न सकिने भएको छ। विदेशी लगानीकर्ता आकर्षित गर्न सरकारले उद्योग विभागका सम्पूर्ण काम अनलाइनमैत्री बनाउन लागेको छ।

उद्योग विभागका सम्पूर्ण काम अनलाइनबाटै सञ्चालन गर्ने विभागले सफ्टवेयर डिजाइन गर्र्दै छ।
उद्योग विभागका निर्देशक ज्ञानेन्द्र पराजुलीलेसबै काम अटोमेसनमा जानेगरी सफ्टवेयर डिजाइन गर्न लागिएको जानकारी गराए।

सफ्टवेयर निर्माणका लागि टेन्डर छनोट गर्ने तयारी अन्तिम चरणमा पुगेको उनले बताउदै आर्थिक वर्षको मध्यबाट सेवा प्रवाह गर्नेगरी सफ्टवेयर निर्माण हुने बताए। विभागले बोलपत्र आह्वान गरी सफ्टवेयर निर्माण कम्पनी छनोट गर्नेछ। सफ्टवयेर जडान भएपछि संसारका जुनसुकै देशबाट पनि उद्योगमा लगानीको प्रस्ताव पेस गर्न सकिने उनले बताए ।

उद्योग विभागअन्तर्गतको एकल बिन्दु सेवाका सबै काम पनि अनलाइनबाटै हुनेछ। आउने आर्थिक वर्षदेखि सेवाग्राहीले उद्योग दर्ता, नवीकरण, म्याद थप, भिसा प्रक्रियालगायत कामहरू अनलाइनबाटै पाउनेछन्।

प्रविधिको माध्यमबाट उद्योगीको उपस्थिति बिना नै प्रशासनिक काम हुनेछ। एकल बिन्दु सेवाबाट भूमि, भिसा, दर्ता, राजस्व, प्यानलगायत सेवाहरु पाइन्छ।

तर, एकल बिन्दु सेवाबाट सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन्। सरकारले अटोमेसनमा जानका लागि विभागलाई १ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेको छ।

 


२५ पुस २०७७, शनिवार ११:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु