प्रधानमन्त्री ओलीकै कारण पार्टी विभाजन भयो : बामदेव
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्माकै कारण पार्टी विभाजन भएको बताएका छन् ।
राष्ट्रिय सभामा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले प्रधानमन्त्रीकै कार्यशैलीले पार्टी विभाजन भएको बताएका हुन् । आफूले प्रधानमन्त्रीलाई धेरैपटक सम्झाएको र सुझाव दिएको तर प्रधानमन्त्रीले त्यसलाई वेवास्ता गरेको उनले बताए ।
यसपटक प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा कसैले पनि थाहा नदिएको समेत बताएका छन् । यसअघि पनि अविश्वासको प्रस्ताव लैजाने पार्टीका नेताहरुले भनेपनि आफूले पटक पटक त्यसलाई निस्तेज गरेको दाबी गरेका छन् ।
उनले राष्ट्रिय सभामा उभिएर बोल्दै गर्दा आफूलाई खुसी महसुश नभएको बताए ।
२३ पुस २०७७, बिहीवार १४:०१ बजे प्रकाशित






























