आज ह्वात्तै घट्यो सुनको मूल्य

आज सुनको मूल्य ह्वात्तै घटेको छ । सुन तोलामा एक हजार तीन सय रुपैयाँ घट्दै प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ ।
सुन हिजो ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
२३ पुस २०७७, बिहीवार ११:५९ बजे प्रकाशित