ओली समूहले दियो भीम रावललाई काउण्टर
बुधबार धनगढी बसेको नेकपा ओली समूहको बैठकले नेता भीम रावललाई पदबाट हटाउन सिफारिस गरेको छ ।
भेलाको पहिलो निर्णय २४ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने गरी धनगढीमा ५० हजार जनता उतार्ने छ भने अर्को निर्णय रावललाई पदबाट हटाउन सिफारिस गर्ने छ।
बुधवार सम्पन्न बैठकले प्रदेश इन्चार्ज रावलसहित प्रदेश सचिव नेपबहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई समेत कारबाही गर्न केन्द्रमा सिफारिस गरेको हो।
प्रचण्ड-माधव समूहमा रहेका रावलमाथि खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप लगाइएको छ।
यसअघि प्रचण्ड–माधव पक्षको प्रदेश कमिटी बैठकले नेकपाका जिल्ला अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई कारबाही गर्ने निर्णय गरेको थियो।
शुक्रबार प्रधानमन्त्री ओली समूहले धनगढीमा जनसभा आयोजना गरेको छ । सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
२३ पुस २०७७, बिहीवार १०:५१ बजे प्रकाशित































