साताको पहिलो दिन घट्यो सुनको मूल्य
साताको पहिलो दिन आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार एक सयमा झरेको छ ।
सुन हिजो प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँ घट्दै प्रतोतोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ । चादी हिजो प्रतितोला एक हजार तीन सय पाँच रुपैयाँमा कारोबाएको थियो।
१६ पुस २०७७, बिहीवार १२:४५ बजे प्रकाशित































