लुम्बिनी चिनी मिलका सञ्चालक पक्राउ
लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पर्साबाट पक्राउ गरेको हो ।
प्रहरीकाअनुसार लुम्बिनी मिलले उखु किसानलाई ९ करोड रुपैयाँ दिन बाँकी थियो । त्यसमध्ये एक करोड ३६ लाख रुपैयाँ मिलले जम्मा गराइसकेको छ।
किसानलाई ठगी गरेको अभियोगमा सरकारले पक्राउ गर्न आदेश दिएकामध्ये चार मिलका मुख्य सञ्चालकहरु भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
१६ पुस २०७७, बिहीवार १४:१५ बजे प्रकाशित































