punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको परीक्षणमा थप ३९ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आज भएको परीक्षणमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालको प्रयोगशालामा २ सय १० नमूना परीक्षण गर्दा कैलालीका २२ सहित सुदूरपश्चिमका थप ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये धनगढी उप–महानगरपालिकाकाका मात्रै १७ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

यस्तै कैलालीकै गोदावरी नगरपालिका र कैलारी गाउँपालिकाका दुई÷दुई जना, ठेगाना नखुलेका एक जनामा समेत संक्रमण पुष्टि भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका १२ जना, कृष्णपुर नगरपालिकाका २ जना, कञ्चनपुरकै ठेगाना नखुलेका दुई जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


१४ पुस २०७७, मंगलवार १४:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु