Hotel Flora Long Ad

विश्वविद्यालयले यसपटक हिउँदे बिदा नदिने

त्रिभुवन विश्वविद्यालयले यसपटक हिउँदे बिदा नदिने भएको छ ।

त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरसको कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ का कारणले पढाई हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरिएको बताए । त्रिविले हिउँदे बिदा सधैँ नै पुस १५ देखि २३ दिन र वर्षे बिदा जेठ १५ देखि २२ दिन दिँदै आएको थियो ।

कोभिड–१९ को कारणले गत २०७६ चैत ६ गतेदेखि कुनै परीक्षा र पठाइ सञ्चालन भएको छैन । त्रिविले स्थानीय तहको स्वीकृतिमा भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिइसकेको छ । अहिले धेरै क्याम्पसले स्थानीय तहको स्वीकृत र स्वास्थ्यको मापदण्ड पूरा गरे भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गरिरहेको रजिष्ट्रार डा दाहालले बताए ।

त्रिविले कोभिड–१९ का कारणले अनलाइन कक्षा सञ्चालन गरेको थियो । त्रिवि केन्द्रीय क्याम्पसमा पढाई सञ्चालन गर्न किर्तिपुर नगरपालिकाबाट अनुमति मागिएको उनले जानकारी गराउदैउपत्यकाका क्याम्पस सञ्चालन गर्न पनि सरकारसँग अनुमति मागिएको उनले बताए । उपत्यकाका कक्षा सञ्चालन गर्न सरकारसँग हामीले अनुमति मागेको उनले बताए । सरकारले पनि सबै ठाउँ खुला गरेको सन्र्दभमा क्याम्पस पनि सञ्चालन गर्न पक्कै दिनेछ । हामीले स्वीकृति पाउनासाथ कक्षा सञ्चालन गर्ने तयारीमा छौँ ।”

यस्तै गत चैत ६ गतेदेखि रोकिएका त्रिविका परीक्षा पनि सुचारु भएको उनले बताए । मङ्सिर दोस्रो सातादेखि त्रिविका रोकिएका परीक्षा सुचारु भएका हुन् । त्रिविले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन हालको परीक्षा समयमै सम्पन्न गर्न एवम् अर्को वर्ष सेमेष्टरको बाँकी पढाइ पनि सम्पन्न गर्ने तयारी गरेको छ । उनले चैत्रभित्र सबै परीक्षा सुचारु गर्ने उनले बताए।


१२ पुस २०७७, आइतवार १२:३४ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु